मुसिकाेट नगरपालिकामा मेयरमा काँग्रेसका र उप प्रमुखमा समाजवादी विजयी
64x64
२०७९ जेठ ०६ शुक्रबार प्रेसपालिका संवाददाता
327 Views

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको मेयरमा काँग्रेसका महेन्द्र केसी र उप प्रमुखमा समाजवादीका बिमल कुमार पुन विजयी हुनुभएको छ । केसी ६९१४ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बसन्त कुमार शर्माले ६९०१ मत प्राप्त गर्नुभएको छ ।

उप प्रमुखमा समाजवादीका बिमल कुमार पुन उहाँले ६१४० मत प्राप्त गर्नुभएकाे छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका थल बहादुर ओलीले ५९८५ मत प्राप्त गर्नुभएको छ ।

१४ वडा रहेको यस नगरपालिकामा ४, ६, ७, ९, १०, ११, १२ १३ नम्बर वडा नेकपा माओवादी केन्द्रले जितेका छन् भने
१, २, ३, ५ ,८ र नेपाली काँग्रेसले जितेको छ
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपाको गठबन्धन थियो भने,मुसिकोटमा नेपाली कांग्रेस र नेकपा एमाले, गठबन्धन रहेकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News