चौरजहारीमा चैत ६ गते देखि १३ गतेसम्म एसईई टेस्ट परीक्षा संचालन हुँदै
64x64
२०७८ फाल्गुण २७ शुक्रबार प्रेसपालिका संवाददाता
228 Views

 शक्ति बारघरी :                                                         रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आगामी चैत ६ गते देखि १३ गतेसम्म एसईई टेस्ट परिक्षा संचालन हुने भएको छ ।

फाल्गुन २५ गते बसेको नगरपालिका अन्तरगत सामुदायिक तथा संस्थागत बिद्यालयका प्रधानध्यापक हरुको बैठकको निर्णय अनुसार चैत ६ गते बिहान ७ बजेदेखी उक्त परिक्षा संचालन हुने भएको हो ।

चैत ६ गते पहिलो दिन आइतबार अनिवार्य अङ्ग्रेजी ७ गते अनिवार्य नेपाली ८ गते अनिवार्य गणित, ९ गते अनिवार्य बिज्ञान १० गते अनिवार्य सामाजिक ११ गते अनिवार्य जनसंख्या तथा बाताबरण शिक्षा संचालन हुने शिक्षा युबा तथा खेलकुद शाखा चौरजहारीले जानकारी दिएको छ ।

त्यस्तै १२ गते शनिबार ऐच्छिक प्रथम र १३ गते ऐच्छिक दृतिय हुने शिक्षा शाखाले जनाएको छ

शिक्षा युबा तथा खेलकुद शाखाका अनुसार परीक्षा समाप्त भएपछि नियमित कक्षा संचालन हुनेछन ।चौरजहारीमा चैत ६ गते देखि १३ गतेसम्म एसईई टेस्ट परीक्षा संचालन हुँदै - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News