मुसिकोट नगरपालिकाको दशौं नगरसभा सम्पन्न
64x64
२०७८ फाल्गुण १६ सोमबार प्रेसपालिका संवाददाता
97 Views

रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा नगरपालिकाको दशौं नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर ५, सेरीगाउँ स्थीत शहिद प्रतिष्ठानको सभाहलमा नगरसभा सम्पन्न भएको हो । नगरसभामा उपप्रमुख प्रेम कुमारी सुनार केसीले आर्थिक बर्ष २०७८।०७९ हालसम्मकोे प्रगति विवरण प्रस्तुत गर्नुका साथै आर्थिक बर्ष २०७८।०७९ हालसम्मकोे कार्यपालिका बैठकका निर्णय, नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रमुख प्रशासकीय अधिकृत तथा कार्यालयबाट भएका सम्पूर्ण निर्णयहरु र अन्य बिषयगत समिति तथा शाखाहरुबाट भएका बैठकका निर्णय अनुमोदनका लागि पेश गर्नुभएको थियो । त्यसैगरि नगरसभामा मुसिकोट नगरपालिकाको भिडियो डकुमेन्ट्री समेत प्रदर्शन गरिएको थियो । सभामा सभा सदस्य धनबहादुर खड्का र दिनेश खड्काले सामान्य जिज्ञासा राख्नु भएको थियो भने सभाका अध्यक्ष एबं नगर प्रमुख देवीलाल गौतमले नगर सभामा उठेका बिषयमा उठेका जिज्ञासाको सम्बोधन गर्नु भएको थियो । जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न दशौं नगरसभामा जिल्ला समन्वय समितिका सदस्यद्धय निर्मला रसाईली र नौमा घर्ती, बिभिन्न मिडियामा आबद्ध पत्रकार लगायतको आतिथ्यता रहेको थियो । नगर सभाका अध्यक्ष एबं नगर प्रमुख देवीलाल गौतमको अध्यक्षतामा सम्पन्न नगरसभामा उठेका सबै बिषयबस्तुमा छलफलपछि सोमबार नै नगर सभा सम्पन्न भएको नगरपालिकाका प्रबक्ता निर्मल कुमार पुनले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

नेयमारको गोल खेर गयो विश्वकप जित्ने सपना चकनाचुर !  |  पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |