शितल क्याम्पस चाैरजहारीमा ८ कोठाको नयाँ भवनको शिलान्यास
64x64
२०७८ फाल्गुण १२ बिहिबार प्रेसपालिका संवाददाता
201 Views

रुकुम पश्चिमको चाैरजहारी नगरपालिकामा शीतल क्याम्पस भवन निर्माणकाे काम सुरु भएको छ । ८ कोठाको नयाँ भवनको शिलान्यास गरिएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष खुमबहादुर खड्काले भवनको शिलान्यास गर्नुभयो । कर्णाली प्रदेश सरकारको ५० लाख  अरू चौरजहारी पालिकाले सहयोग गर्ने गरि भवन निर्माणकाे काम थालिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । भवन निर्माण पछि क्याम्पसको पठन पाठन सहज हुने क्याम्पसले बताएको छ । यस अघि १२ कोठाका दुई भवन छन् । एउटा ४ र अर्को ८ कोठाका भवन छनभने अहिले  क्याम्पसमा ५५० बढी विद्यार्थी अध्ययनरत रहेको क्याम्पसले जनाएको छ । चौरजहारी नगरपालिका २, मा रहेको क्याम्पसमा रुकुम पश्चिम सहित अन्य छिमेकी जिल्लाका विद्यार्थी समेत अध्ययन गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |