चौरजहारीमा कोरोनाको बुष्टर डोज लगाईने
64x64
२०७८ फाल्गुण ०६ शुक्रबार प्रेसपालिका संवाददाता
210 Views

विनिता समाल
रुकुम पश्चिमको चौरजहारी नगरपालीकामा फाल्गुन ८ गते देखी कोभिड–१९ बिरुद्घ को बुष्टर खोप अभियान सञ्चालन हुने भएको छ ।
नगरपालीकाका बिभिन्न वडालाई लक्षित गर्दै सम्वन्धीत स्वास्थ्य केन्द्रमा खोप लगाईने छ । कोभिड–१९ को दोश्रो मात्रा वा पुर्ण मात्रा लगाएको ६ महिना पुगेका सबै नागरिकहरुलाई बुष्टर डोज लगाउन लागिएको स्वास्थ्य शाखा प्रमुख डन्ड शर्माले जनकारी दिनुभयो ।

चौरजहारीमा कोरोनाको बुष्टर डोज लगाईने - प्रेस पालिका

गत भाद्र ११ गते सम्म कोभिड–१९ को दोस्रो वा पुर्ण मात्रा पुरा गरेका नागररिकहरुले नगरपालिकाले तोकेको स्वास्थ्य केन्द्रमा गई बुष्टर डोज लगाउन सक्ने शाखा प्रमुख शर्माले जानकारी दिनुभयो ।
जस अन्तर्गत फाल्गुन ८ गते नगरका वडा नम्वर १ र ४ को आधारभुत स्वास्थ्य सेवा केन्द्रमा बुस्टर डोज लगाईने छ भने फाल्गुन ९ गते वडा नम्वर ३ को आधारभुत स्वास्थ्य सेवा केन्द्र र ,वडा नम्वर ५को गाउघर किल्निक लहरेसिमलमा खोप लगाउन सक्ने जनाईएको छ ।
त्यस्तै फाल्गुन १० गते वडा न. २ को आधारभुत स्वास्थ्य सेवा केन्द्र, र वडा न. ५ को विजेयश्वरी स्वास्थ्य चौकीमा खोप लगाईने छ । खोप बिहान १० बजे देखि बेलुका ५ बजे सम्म लगाईने छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News