शक्ति बारघरी
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आधारभुत तह,निम्न माध्यामिक र माध्यामिक तहका बिद्यार्थिहरुका लागि अतिरिक्त क्रियाकलाप सञ्चालन हुने भएका छन् । शिक्षा युवा तथा खेलकुद शाखा चौरजहारी नगरपालिका रुकुम पश्चिमको आयोजनामा नगरपालिका अन्तर्गत संञ्चालित सामुदायिक तथा संस्थागत बिद्यालयका बिद्यार्थिहरुका लागि अतिरिक्त क्रियाकलाप सञ्चालन हुन लागेको हो ।
नगरपालिका अन्तर्गत सञ्चालित बिद्यालयहरुमा आधाभुत तह,निम्नमाध्यामिक तह र माध्यामिक तहमा भिन्न–भिन्न मितिमा हाजिरी जवाफ ,रिले दौड र भलिबल प्रतियोगिता हुने चौरजहारी नगर शिक्षा शाखा प्रमुख टिका जगं ओलिले जानकारी दिनुभयो ।
जस अनुसार फाल्गुन ६ गते वडा न.७ को ज्ञानकुञ्ज आधारभुत बिद्यालय कालापथरमा १ देखि ९ नम्बर वडाका आधारभुत र निम्नमाध्यामिक तह स्तरिय हाजिर जवाफ र छात्र २ इन्टु ४ सय मिटर र छात्रा तर्फ १ इन्टु ४ सय मिटरको रिले दौड प्रतियोगिता सम्पन्न हुने छन् । भने फाल्गुन १३ गते हिमालय माध्यामिक बिद्यालय खोलागाँउमा वडा नम्बर ६,१०,११,१२,१३ र १४ नम्बर वडामा अवस्थित आधारभुत बिद्यालय अन्तर्गत प्रतियोगिता सञ्चालन गरिने छ ।
त्यस्तै फाल्गुन २० गते शितल माध्यामिक बिद्यालयमा १ देखि १४ नम्बर वडाका माध्यामिक बिद्यालय अन्र्तगत छात्रछात्राहरुको हाजिर जवाफ प्रतियोगिता हुने नगर शिक्षा शाखा प्रमुख ओलिले जानकारी दिनुभयो । र फाल्गुन २० गते शितल माध्यामिक बिद्यालयमा १ देखि १४ नम्बर वडाका माध्यामिक बिद्यालय तह स्तरिय हाजिरि जवाफ प्रतियोगिता हुनेछ भने फाल्गुन २७ र २८ गते हिमालय माध्यामिक बिद्यालय खोलागाँउमा माध्यामिक तह कक्षा ९ देखि १२ सम्मका छात्रहरुको भलिबल प्रतियोगिता सञ्चालन हुनेछ ।