रुकुम पश्चिममा पालिका स्तरीय स्वास्थ्य संकट एबं बिपद् पूर्व तयारी तथा प्रतिकार्य गोष्ठी सम्पन्न ।।
64x64
२०७८ फाल्गुण ०३ मंगलबार प्रेसपालिका संवाददाता
299 Views

प्रेसपालिका संवाददाता
रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा पालिका स्तरीय स्वास्थ्य संकट एबं बिपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाका लागि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्यको लागि सक्षम प्रणालीको सहयोगमा नगरपालिका अन्तरगत स्वास्थ्य तथा सामाजिक विकास शाखाले पालिका स्तरीय स्वास्थ्य संकट एबं बिपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाका लागि १ दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको हो ।
स्वास्थ्य संकट एबं बिपद् ब्यबस्थापनका लागि पूर्व तयारी तथा प्रतिकार्य गर्न योजना निर्माण गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको बताइएको छ । गोष्ठि मुसिकोट नगरपालिका ५, सेरीगाउँमा रहेको शहिद प्रतिष्ठानको हलमा सम्पन्न भएको थियो ।

नगर प्रमुख देबीलाल गौतमको अध्यक्षतामा सम्पन्न गोष्ठीमा, उप–प्रमुख प्रेमकुमारी सुनार केसी, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुन, १४ वटै वडाका वडा अध्यक्षहरु, नगरपालिका अन्तरगतका बिषयगत शाखाका प्रमुखहरु, स्वास्थ्यको लागि सक्षम प्रणालीका प्रमुख तथा प्रतिनीधि, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य सेवा कार्यालय, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका प्रमुख तथा प्रतिनीधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News