मुसिकाेट नगरपालिकामा कार्यरत कर्मचारीहरुकाे बैठक सम्पन्न।
64x64
२०७८ माघ २६ बुधबार प्रेसपालिका संवाददाता
190 Views

प्रेसपालिका संवाददाता : रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा कार्यरत कर्मचारीहरुकाे बैठक सम्पन्न भएको छ । यहि माघ २५ गते प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा शेरबहादुर पुन सरुवा भई आएपछि पहिलाे पटक यहि माघ २६ गते बुधबार नगरपालिकामा कार्यरत कर्मचारीहरुकाे बैठक सम्पन्न भएको हो । बैठकमा सबै कर्मचारीहरुकाे परिचयसँगै नगरपालिका अन्तरगतमा सबै शाखाहरुले हालसम्म गरेका गतिबीधि, आइ परेका समस्या र समाधानका उपायहरुका बारेमा रिपोर्टिङ गरिएकाे थियाे । रिपोर्टिङपछि प्रमुख प्रशासकीय अधिकृत पुनले बैठकमा उठेका कुराहरुलाई सम्बाेधन गर्दै तत्काल समाधान हुन सक्ने कुरालाई आफुले समाधान गर्ने र बाँकी कार्य सम्पन्न गर्न सबै कर्मचारीहरुलाई कार्यसम्पादनमा लाग्न निर्देशन दिनु भएकाे छ । नगर प्रमुख देबीलाल गाैतमकाे विशेष आतिथ्यतामा र प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुनकाे अध्यक्षतामा सम्पन्न बैठकमा नगरपालिका अन्तरगतका सबै शाखा प्रमुख एबं कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News