प्रेसपालिका संवाददाता : रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको १४ औं नगर सभा सम्पन्न भएको छ । नगर सभाले विभिन्न १२ प्रस्ताव सर्वसम्मत पारीत गरेको छ । सभाले माघ २० गते दिवंगत हुनु भएका सभा सदस्य पुष्ते रानाप्रति श्रदाञ्जली अर्पन गर्दै शोक प्रस्ताव पारीत गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्मको प्रगति समिक्षा गरेको छ ।
नगरपालिकाको चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम संशोधन गरेको छ । नगर सभाले नगर कार्यपालिकाबाट पारीत विभिन्न ऐन, नियम, कार्यविधि, निर्देशिका तथा अन्य कानून पारीत गरेको छ । नगरपालिकाको स्वास्थ्य नीति २०७८, सामाजिक समावेशिकरण नीति २०७८ पारीत गरेको छ ।
साऊन १ गते यता हालसम्म विभिन्न मितिमा बसेको बैठकले पारित गरेका विविध कार्यक्रम, रकमान्तर, निर्णय, विविध ऐन/नियम/कार्यविधि/निर्देशिका र अन्य कानून तथा अन्य विविध समितिले गरेका निर्णयहरु अनुमोदन गरेको छ । नगरबस सेवा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७६ को परिच्छेद-२ को दफा (६) को संशोधन ,
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालित आयोजनाहरुमा नगरपालिकाबाट साझेदारी गरी बाँडफाँड गरेको रकम तथा कार्यक्रम अनुमोदन,चौरजहारी नगरपालिकामा बालुवा, गिट्टी, ढुङ्गा र दहत्तर बहत्तर बिक्री वापत संकलन हुने राजश्व प्रदेश सरकारसँग बाँडफाँड नगरी नगरपालिकाको सञ्चित कोषमा आन्तरिक आयतर्फ जम्मा गर्ने माघ २० गतेको नगरपालिकाको निर्णय अनुमोदन गर्ने सम्बन्धी प्रस्ताव पास गरेको सभाध्यक्ष तथा नगर प्रमुख बिशाल शर्माले जानकारी दिनुभयो।
त्यस्तै आर्थिक वर्ष २०७८/०७९ को लागि संघ तथा प्रदेशबाट प्राप्त थप बजेट सहीतको कार्यक्रमहरु अनुमोदन
,तिर्सेखोला घर्तिकाँडा सडक नगर बस सेवा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७६ को परिच्छेद २, को दफा (६)को संशोधन प्रस्ताव पारीत नगर सभाबाट गरिएको छ । यसका सथौ नगर सभा सम्पन्न गर्न सहयोग गर्ने नगर सभाका सदस्यज्यूहरु , कर्मचारीहरु लगाएत सबैलाई हार्दिक धन्यबाद ।