चौरजहारी वडा नम्बर १४ बञ्चरे र लम्पाकोटमा खानेपानी पुग्दै
64x64
२०७८ माघ २१ शुक्रबार प्रेसपालिका संवाददाता
276 Views

प्रेसपालिका संवाददाता                                         चौरजहारी नगरपालिका वडा नम्बर १४ का बञ्चरे र लम्पाकोटका बासिन्दा भोग्दै आएको खानेपानीको समस्या हल हुने भएकाे छ। सधै भरि खानेपानीको समस्यामा रहेका दुइ टोलका १ सय ५५ घरपरिवारमा खानेपानीको सहज पहुँच पुग्ने भएकाे छ । पाखापानी लुगाधुनेखोला, तिमिले ग्रामिण सामुदायिक सौर्य खानेपानी आयोजना विस्तार गर्न लागिएको छ र प्रदेशबाट आएको रकम ३० लाख बजेटबाट यस आयोजनाकाे काम सुरु भएको थियोे।यसका लागि अझै  १ करोड भन्दा बढि खर्च लाग्ने अनुमान गरिएको उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर केसीले जानकारी दिनु भएको छ ।

यदि नापुगेकाे बजेट चाैरजहारी नगरपालिकाले व्यवस्थापन गर्ने अध्यक्ष केसिले  बताउनुभएकाे छ । यस आयोजनाबाट चाैरजहारी वडा नम्बर १४ तिमिले र सानिभेरि गाउपालिका वडा नम्बर १० चिन्तुमा यसअघि नै खानेपानी पुगिसकेको छ । लम्पाकोट र बञ्चरेका स्थानीयले पनि यसै आयोजना मार्फतको पानी पिउँदै आएका छन् । यो आयोजना  चौरजहारीका प्राय वडामा लेकमा खानेपानीका मुहान नभएपछि खाेलाकाे सतह मुहानबाट पानी तानेर लेकमा पुर्याएकाे  छ । सुरुमा २०७३ सालमा निर्माण गरेता पनि त्यस ठाउँका स्थानीय ले पानी सहजै मात्र प्रयोग गर्ना पाएका थिएनान । अहिले यस आयोजना बाट काेहि पनि बासिन्दा खानेपानी बाट बन्चित नाहुने र आर्थिक तथा प्राविधिक सहयोग समेत चाैरजहारी नगरपालिकाको रहने पाखापानी लुगाधुनेखोला ग्रामीण सौर्य उर्जा उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर केसीले जनकारि दिनुभएको छ।

लम्पाकोट र बञ्चरे गाउँका सबै घरमा धारा पुर्याउने लक्ष राखिएको उपभोक्ता समितिले जनाएको छ । ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News