आठविसकोटमा पशुहरुमा पिपिआर रोग नियन्त्रणको लागि खोप लगाईने ।।
64x64
२०७८ माघ १३ बिहिबार प्रेसपालिका संवाददाता
174 Views

सम्पादक
२०७८माघ१३
आठविसकोट नगरपालिकामा पशुहरुमा लाग्ने महामारी जन्य रोग पिपिआर नियन्त्रणको लागि पशुहरुमा खोप लगाईने भएको छ । नगरपालिकाले २५ गते देखि नगरपालिकाको बिभिन्न ठाउँमा शिविरको आयोजना गरि भेडा, बाख्रामा पिपिआर बिरुद्धको खोप लगाउने जानकारी दिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालको आर्थिक सहयोग र नगरपालिकाको प्राविधिक सहयोगमा शिबिर सञ्चालन हुने लागेको हो ।।

नगरपालिकाको वडा नं. १४ को लागि पिपलचौर, ज्यामिरेकोट र सवारीमा २५ गते शिबिर बस्ने छ । त्यस्तै वडा न. १३ को गाउँबारी, हल्पा र भल्मुमा २६ गते, वडा न. १२ को स्यानीबार्खु र ठुलीबार्खुमा २७ गते, वडा नं. ११ को गौरी, चौर र चिसापानीमा २८ गते, वडा नं. १० को कोट, भयाउने, झिनचौर र घारीखोलामा २९ गते शिबिरको आयोजना गरिएको छ ।

त्यस्तै वडा नं. ९ को वटलागाउँ, सेवाकेन्द्र र गिजामा फागुन २ गते, वडा नं. ८ को चुर्तीपाखा, दाजे, ठाटी, कुरीपानी र घर्तीगाउँमा ३ गते, वडा नं. ७ को सिम्तारा, साउनेपानी, पाल्त र औली गाउँमा फागुन ४ गते, वडा नं. ६ को छिमि, मन्का र वडा कार्यालयमा फागुन ६ र ७ गते, वडा नं. ५ को रिम्का, थापागाउँ र मोहखोलामा फागुन ९ गते शिबिर बस्ने नगरपालिकोले एक सुचना जारी गर्दै जानकारी दिएको छ ।त्यस्तै वडा नं. ४ को पाटागाउँ, लह र खदीफागुन ८ गते, वडा नं. ३ को स्याला र पहाडामा ११ गते, वडा नं. २ को अनाह र घट्टिखोलामा १२ गते र वडा नं. १ को रोकाजा र वडा कार्यालयमा १३ गते शिबिर आयोजना गरिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News