रुकुम पूर्वमा आज देखि बुस्टर डोज।
64x64
२०७८ माघ १० सोमबार प्रेसपालिका संवाददाता
165 Views

बिकास पाण्डे
२०७८माघ१०

रुकुम पूर्वमा आजदेखि कोरोना विरुद्धको बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ । तीन वटै गाउँपालिकामा एकै साथ खोप अभियान सुरु गरेको स्वास्थ्य कार्यालय रुकुम पूर्वले जनाएको छ । जिल्लाका ३१ वटै स्वास्थ्य केन्द्रबाट बुस्टर डोज खोप दिने ब्यवस्था मिलाएको स्वास्थ्य कार्यालय रुकुम पूर्वका खोप केन्द्रका मनोज श्रेष्ठले बताउनुभयो ।माघ १२ गतेसम्म सञ्चालन हुने बुस्टर डोज खोप अभियानमा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी,सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव–वाहन चालक, महिला स्वयमंसेविक लगायतलाई बुस्टर डोज खोप दिएको बताउनुभयो ।

यस्तै सार्वजनिक क्षेत्र सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने सङ्घसंस्था, बैंकिङ सेवाका कर्मचारी, पत्रकार, सार्वजनिक यातायात चालक तथा सह–चालक लगायतलाई पनि बुस्टर डोज खोप दिएको उहाँले बताउनुभयो ।

दुवै डोज खोप लगाएको ६ महिना कटेको खोप कार्ड र कार्यालयको परिचयपत्रको आधारमा खोप लगाइएको श्रेष्ठको भनाई छ । सोहि खोप अभियानमा यस अघि मोडर्ना र भेरोसेलको पहिलो मात्रा खोप लगाएका १२ देखि १७ बर्ष उमेर समुहका बालबालिकाका तथा अन्य ब्यक्तिलाई पनि दोस्रो मात्रा खोप लगाउन थालिएको छ ।

खोप लगाउन जांदा पहिले लगाएको खोप कार्ड तथा परिचय पत्र अनिवार्य साथमा लगेर जान स्वास्थ्य कार्यालयले आग्रह समेत गरेको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने छ ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News