सुरक्षित मातृत्व तथा नवशिसु स्वास्थ्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न ।।
64x64
२०७८ माघ १० सोमबार प्रेसपालिका संवाददाता
156 Views

सम्पादक

२०७८माघ१०


रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा सुरक्षित मातृत्व तथा नवशिसु स्वास्थ्य (SMNH Road Map)सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका अन्तरगत स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा सुरक्षित मातृत्व तथा नवशिसु स्वास्थ्य (SMNH Road Map)सम्बन्धि एक दिन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
सन् २०३० भित्र मातृमृत्यु तथा नवजात शिसुको मृत्यु दर शुन्यमा झार्ने बिश्व स्वास्थ्य संगठनको लक्ष्य अनुरुप नेपालबाट भइरहेका प्रयास स्वरुप यस कार्यक्रमको आयोजना गरिएको छ । अभिमुखीकरण कार्यक्रममा सुरक्षित मातृत्व र नवजात शिसुको मृत्यु दर, त्यसबाट सुरक्षित गराउने उपाय लगायतका विषयमा छलफल भएको छ । त्यसैगरि मातृमृत्यु तथा नवजात शिसुको मृत्यु दर घटाउन स्वास्थ्य चौकीहरुले निर्माण गर्नुपर्ने कार्ययोजना, त्यसको चुनौती तथा समस्याहरु एबं समाधानका बारेमा छलफल भएको छ ।
यहि माघ १० गते सोमबार नगरपालिकाको सभाहल सेरीगाउँमा अभिमुखीकरण सम्पन्न भएको हो । कार्यक्रममा आ.ब.२०७७।०७८ को समिक्षा र आ.ब.२०७८।०७९ का लागि कार्ययोजना समेत निर्माण गरिएको छ । अभिमुखीकरण कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख देबीलाल गौतम, प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी, लेखा अधिकृत नरेन्द्र बिष्ट, जनस्वास्थ्य निरिक्षक बेदाराम ओली, सिनयिर अनमी निरिक्षक कमला केसी, बर्थिङ सेन्टर सञ्चालनमा रहेका वडाका वडा अध्यक्षहरु, स्वास्थ्य चौकी इन्चार्ज र नर्सिङ सेवामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News