
माघ ९ ,शक्ति बारघरी : रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नयाँ अस्पताल बन्ने भएको छ ।चौरजहारी नगरपालिका वडा नम्वर ३ मा एक सय शैयाको नयाँ अस्पताल बन्ने भएको हो । आ.व०७८/०७९ मा प्राप्त योजना मध्य चौरजहारीमा अस्पताल निर्माणको योजना परेकोले त्यसको कार्यान्वयनको लागि नगरपालिकाले प्रक्रिया सुरु गरेको छ।
हिजो शनिबार नगर प्रमुख बिशाल शर्माको अध्यक्षतामा बसेको बैठकले अस्पताल निर्माणको लागि प्रस्तावित ३५ रोपनी नम्बरी रजिष्ट्रेसन र २५ रोपनी ऐलानी जग्गाको निरिक्षण तथा नाप जाँच गरिसकेको नगरपालिकाले जनाएको छ ।
जग्गा प्राप्तीको काम पुरा भएकोले अस्पतालको पूर्वाधार निर्माणको काम यथासक्य अगाडि बढाउन संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेत र सहरी विकास तथा भवन निर्माण विभागमा अनुरोध गरिएको नगर प्रमुख बिशाल शर्माले जानकारी दिनुभयो ।
नगरपालिकाले अस्पतालको सम्पूर्ण पूर्वाधार निर्माणका लागि प्रस्ताव तयार गरेर सिफारिस गर्ने जनाएको छ ।
एक सय सैयाको अस्पताल निर्माणको लागि जग्गा प्राप्तीको काम भईसकेको चौरजहारी नगरपालिकाले जनाएको छ ।।
