कोरोना भाइरस रोकथामका लागि रुपान्तर नेपालको सहकार्य
64x64
२०७८ पुष २९ बिहिबार प्रेसपालिका संवाददाता
218 Views

२०७८ पौष,२९
चन्द्र प्रकाश पाण्डे
कोरोना भाइरस (कोभिट १९)को तेस्रो भेरियन्ट प्रत्तिकार्यका लागि सामाजिक क्षेत्रमा काम गर्ने संस्था रुपान्तर नेपाल मध्यपुर, ठिमी, भक्तपुरले कोरोना भाइरस (कोभिट १९)को रोकथाम गर्न रुकुम पश्चिमको मुसिकोट नगरपालिकासँग सहकार्य गरेको छ । नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा पूर्ब तयारीलाई निरन्तरता दिइरहेको बेला संस्थाले पनि नगरपालिकासँग सहकार्य गरेको छ । नगरपालिकाले नगर क्षेत्रमा महामारीका रुपमा कोरोना भाइरस बढ्न नदिन र संक्रमणबाट बच्न त्यसको रोकथाम एबं पूर्ब तयारीलाई निरन्तरता दिइरहेको बेला त्यसका लागि नगरपालिकालाई आवश्यक पर्ने केहि स्वास्थ्य सामाग्रीहरु सहयोग गरेर रुपान्तर नेपाल भक्तपुरले नगरपालिकासँग सहकार्य गरेको नगरपालिकाका प्रमुख देविलाल गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार रुपान्तर नेपालले नगरपालिकालाई अक्सीजन सिलिण्डर ४ पिस, अक्सीजन रेगुलेटर ४ पिस, अक्सीमिटर १६ पिस र फेस माक्स १ सय बक्स सहयोग गरेको छ । त्यसैगरी ग्लोबस् ८ बक्स, (५०० एम.एलका हेण्ड सेनिटाइजर ८० पिस, अक्सीजन मास्क ८ पिस र एन्टीजेन किट २ सय ५० पिस सहयोग गरेको छ । नगरपालिकाको कार्यालय सेरीगाउँमै आएर स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको रुपान्तर नेपालका प्रतिनीधि सूर्य प्रकाश शर्माले जानकारी दिनुभयो । कोरोना भाइरस (कोभिट १९) रोकथामका लागि रुपान्तर नेपालले मुसिकोट नगरपालिकालाई थोरै भएपनि स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा नगरपालिकाको तर्फबाट नगर प्रमुख गौतमले धन्यवाद समेत दिनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |