मुसिकोटमा जारी निशुल्क पशु स्वास्थ्य शिविरको दोस्रो दिन होल्तारामा सम्पन्न ।
64x64
२०७८ पुष २६ सोमबार प्रेसपालिका संवाददाता
305 Views

मुसिकोटमा जारी निशुल्क पशु स्वास्थ्य शिविरको दोस्रो दिन होल्तारामा सम्पन्न
मुसिकोट नगरपालिका,नगर कार्यपालिकाको कार्यालय,पशु सेवा शाखाको आयोजना र नेपाल पारा भेटेरिनरि एण्ड लाइभस्टक एसोसिएसन जिल्ला कार्यसमिति रुकुम पश्चिमको प्राविधिक सहयोगमा,महामारि जन्य रोग नियन्त्रणको लागि १ दिने रेविज विरुद खोप शिविर कार्यक्रम अन्र्तगत आज मुसिकोट नगरपालिकाको ९ को होल्तारमा शिविर सम्पन्न भएको छ । वर्डा नम्बर ४,६,७,९,१० र ११ लाई मध्येनजर गरि ९ नम्बर वडाको होल्तारमा शिविर सञ्चालन गरिएको थियो । ३८ गोटा कुकुर र ३ गोटा बिरालो गरि जम्मा ४१ गोटा पशुमा रेविज विरुद्ध खोप र आन्तरिक परिजिविको औषधि समेत वितरण गरिएको बत्ताएको छ । १६ जना महिला र २२ जना पुरुष गरि ३८ जना कृषक लाभान्वित भएको पशु सेवा प्राविधिक÷एसोसिएसन जिल्ला अध्यक्ष शिवराज महताराले जानकारी दिनुभयो ।
मुसिकोट नगरपालिकाका १४ ओटै वडाहरुलाई लक्षित गरि सञ्चालन गरिएको शिविर हिजो मुसिकोट नगरपालिका ७ को साँख दहमा वडा सदस्य तोक बहादुर के सि ले अनौपचारिक रुपमा ब्यानर पढि उद्धघाटन गर्नुृभएको थियो ।शिविर यहि पौष २९ गते सम्म नगरका बिभिन्न वडाहरुमा सञ्चालन हुने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |