
प्रेसपालिका सम्पादक :
जनतालाई उद्यम संग जोड्न चौरजहारी नगरपालिकाले,नगरपालिका भित्र गठन भएका कृषक सहकार्य समुहलाई सहुलियत ऋण उपलब्ध गराउने भएको हो । त्यसै अन्तरगत आज कृषक सहकार्य समुहलाई सहुलियत ऋण उपलब्ध गराउने बिषयमा नगर प्रमुख बिशाल शर्माले राष्ट्रिय बाणिज्य बैंक चौरजहारी शाखाका प्रमुख कृष्ण प्रशाद उपाध्यायको उपस्थितमा सहकार्य समुहसङ्ग अन्तरक्रिया तथा छ्लफल गर्नु भएको छ ।
कार्यक्रममा नगर प्रमुख शर्माले गाउँमा केही बिरोधिहरुले गलत हल्ला फैलाएको र हल्ला फैलाए अनुसार नभै नगरपालिका किसान संगै रहेको र किसानका सवालहरु संग जानकार रहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक चौरजहारी शाखाका प्रमुख उपाध्याले यो साताभित्रमै ऋण उपलब्ध गराउन बैंक प्रतिबद्ध रहेको बताउनु भएको छ ।
