प्रेसपालिका सम्पादक – रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा सामुदायिक महिला स्वास्थ्य स्वयम् सेबिकाहरुका लागि ३ दिने बृहत पोषण सम्बन्धी तालिम सम्पन्न भएको छ । नगरपालिका अन्तरगत स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा सामुदायिक महिला स्वास्थ्य स्वयम् सेबिकाहरुका लागि ३ दिने बृहत पोषण सम्बन्धी तालिम सम्पन्न भएको हो । ३ दिनसम्म सञ्चालित तालिमको समापन आज भयको हो ।
नगरपालिकाको वडा नम्बर ३ मा रहेको मुसिकोट स्वास्थ्य चौकीमा सञ्चालित तालिमको समापन नगर प्रमुख देविलाल गौतमले गर्नु भएको हो । पोषण सम्बन्धी बृहत बिषयबस्तुको एकीकृत प्याकेज सम्बन्धी तालिम सञ्चालन गर्न र ब्यबहार सुधारका लागि छलफल तथा परामर्श गरि ज्ञान, सिप र धारणामा सकरात्मक परिवर्तन ल्याउनुका साथै कुपोषण ब्यवस्थापनका लागि प्राबिधिक परामर्श सहितको सिप क्षमताको विकास गराउने उद्देश्यले सामुदायिक महिला स्वास्थ्य स्वयम् सेबिकाहरुका लागि बृहत पोषण सम्बन्धी तालिम सञ्चालन गरिएको थियो । तालिमको सहजीकरण स्वास्थ्य तथा सामाजिक विकास शाखाका प्रमुख एबं जनस्वास्थ्य अधिकृत मानबहादुर खत्री, जनस्वास्थ्य निरिक्षक बेदाराम ओली, सिनियर अनमी निरिक्षक कमला केसी र मुसिकोट स्वास्थ्य चौकीका इन्चार्ज रुपा थापाले गर्नु भएको थियो । तालिममा साबिकका साँख, भलाक्चा छिबाङ र स्यालापाखा गाबिसका ३ र ४ नम्बर वडामा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयम् सेबिकाहरुको सहभागिता रहेको थियो । मुसिकोट नगरपालिकामा हाल ४७ जना सामुदायिक महिला स्वास्थ्य स्वयम् सेबिकाहरु रहेका छन् । ति सामुदायिक महिला स्वास्थ्य स्वयम् सेबिकाहरुलाई बृहत पोषण सम्बन्धी तालिम गत मंसिर २८ देखि पौष १ गतेसम्म नगरपालिकाको झुलखेतमा सञ्चालन गरिएको र उक्त तालिममा सहभागि नभएका २३ जना सामुदायिक महिला स्वास्थ्य स्वयम् सेबिकाहरुको सहभागिता रहेको स्वास्थ्य तथा सामाजिक विकास शाखाका प्रमुख एबं जनस्वास्थ्य अधिकृत मानबहादुर खत्रीले जानकारी दिनुभयो ।