त्रिवेणिका मकै जोन कार्यक्रममा सुचिकृत वडाहरुमा माटो परिक्षण शिविर हुने ।
64x64
२०७८ पुष २२ बिहिबार प्रेसपालिका संवाददाता
278 Views

प्रेसपालिका सम्पादक

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना,परियोजना कार्यन्वयन एकाई सल्यान र प्राविधिक एकाई रुकुम पश्चिम, परियोजना कार्यन्वयन एकाईको आ.व २०७८÷७९ को वार्षिक स्विकृत कार्यक्रम अनुसार यहि पौष २७ गते त्रिवेणी गाँउपालिका रुकुम पश्चिममा मकै जोन क्षेत्रको लागि माटो परिक्षण शिविर सञ्चालन हुने भएको छ ।
त्रिवेणी गा.पा वडा नम्वर १,२,३,४,८,९ र १० का मकै जोन कार्यक्रममा सुचिकृत फार्म, समुह ,सहकारी र कृषकहरुले यहि पौष २६ गते भित्र माटोको नमुना लिई शिविरमा आएर आफ्नो बारीको माटोको जाँच गर्न आग्रह गरिएको छ ।
माटोका नमुना लिदा सकभर बालि नलगाएको ,बालि लगाउने जमिनको माटो लिने ,खेत वा बारीको प्रतिनिधित्व हुने गरी अंग्रेजी भि आकारमा खनि भि आकारको ८–१० इन्च सम्मको गहिराईको भागबाट कोदाली वा खुर्पाको सहायताले भि आकारमा माथि देखि तल सम्म पर्ने गरी थोरै माटो लिने ,जग्गाको छेउ कुना मध्ये सबै भागको प्रतिनिधित्व हुने गरी ठाँउ ठाँउबाट वा जग्गाको आकार हेरी कम्तिमा ५–७ ठाँउ बाट माटो लिने, उक्त माटोलाई सँगै मिसाई केलाएर मसिनो बनाउने ,उक्त मसिनो माटोलाई रोटी जस्तो फिजाएर ४भाग लगाई विपरित तर्फका २ भाग फाल्दै २ भाग राख्दै आधा के जि हुदा सम्म उक्त कार्य दोहोत्याउने र मसिनो माटो आधा के जि भएपछि सफा प्लाष्टिकमा राखि शिवरमा ल्याई आफ्नो खेतबारीको माटोको गुणस्तर जाँच गर्न मकै जोन कार्यक्रममा सुचिकृत फार्म, समुह ,सहकारी र कृषकहरुलाई आग्रह गरिएको परियोजनाका नायब प्राविधिक सहायक हरि कुमार थापाले जानकारी दिनुभयो ।
साथै माटो जाँच गर्नको लागि शिविरमा माटो ल्याउदा कृषकको नाम,ठेगाना ,रासायनिक मल कृषि चुन प्रयोग भए नभएको जानकारी, पाखो÷खेत÷सिंचित ÷असिंचित जानकारी, खाली जमिनबाट नमुना लिएको भए अघि लगाएको बाली , बाली लगाएको बाट लिएकोमा अहिले लगाएको बाली र अब लगाउने बालीको जानकारी, माटोमा देखापरेका समस्या, माटोको नमुना लिएको मिति समेत उल्लेख गरि त्रिवेणि गाउपालिका कृषि शाखा सिम्रुतु मा ल्याउन आग्रह गरिएको छ ।
यहि आर्थिक बर्ष देखि त्रिवेणि गाउपालिकाका ७ वटा वडामा मकै जोन कार्यक्रम सञ्चालन हुदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News