चौरजहारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रुकुम पश्चिमले भदौ १६ गते बिहीबार देखि कल सेन्टर स्थापन छ । नगरपालिकामा सञ्चालन भएका एम्बुलेन्स तथा अन्य आपतकालिन सेवाको लागि सेवाग्राहीको व्यवस्थित र सहज पहुँच स्थापना गर्न याे सेवा सञ्चालनमा ल्याएको नगरपालिकाले बताएको हाे ।
नगर कार्यपालिकाको कार्यालयमा २०७९ भाद्र १६ गतेदेखि ९८५८०६७२९१ नम्बरको २४ (चौविसै घण्टा सम्पर्क गर्न सकिने बताएको छ । त्यस्तै गरी सम्पर्क केन्द्र कल सेन्टर स्थापना गरिएको सबै नगर बासिलाई जानकारीको लागि यो सूचना जारी गरिएको चाैरजहारी नगरपालिकाले जानकारी दिएकाे छ ।