मुसीकोट ६ मा विद्यार्थीहरुका लागि दुध खुवाउने कार्यक्रमको सुरुवात
64x64
२०७९ श्रावन २० शुक्रबार प्रेसपालिका संवाददाता
224 Views

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ६ ले वाल शिक्षा र कक्षा १ का विद्यार्थीहरुका लागि दुध खुवाउने कार्यक्रमको सुरुवात गरेको छ । बाल शिक्षा र कक्षा १ मा अध्यनरत सबै विद्यार्थीहरुलाई दैनिक १ गिलास दुधको व्यवस्था गरिने छ । चालु आर्थिक वर्षको वाल पोषण कार्यक्रम अन्तरगत वडामा रहेका ३ वटा विद्यालयका ६६ जना विद्यार्थीका लागि यो कार्यक्रम संचालनमा आएको हो । यो कार्यक्रमका लागि वडाले १ लाख ४० हजार बजेटको छुट्टयाइएको  हो ।
पोषण स्थितिमा सुधार भए वालवालिकाको सर्वांगिण बृद्धि विकास हुने भएकोले दुधमा जोड दिईएको वडा सदस्य अनिल बुढाले जनकारी दिनुभया। दुध खान पाईने भएपछि विद्यार्थी संख्यामा समेत वृद्धि हुने अपेक्षा गरिएको छ । वडाका समाजकल्याण आधारभूत विद्यालय मेलचौर, जनचेतना आधारभूत विद्यालय कालिमाटी र बालकल्याण मावि झुल्खेतमा यो कार्यक्रम लागु भएको बुढाको भनाइ छ । यो कार्यक्रमबाट विपन्न परिवारका बालबालिकाको पोषण स्थितिमा सुधार आउने अपेक्षा गरिएको बुढाले बताउनुभयो । शुक्रबार समाजकल्याण आधारभूत विद्यालय मेलचौरमा १९ वटा गिलास तथा एउटा भलिबल, एउटा फुटबल र २ वटा पम्प सहितका खेलकुद सामग्रि वितरण गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |