नेपाल तरुण दल अध्यक्ष राजुले कर्माचारी इन्जिनियर शाहमाथी कुटपिट
64x64
२०७९ श्रावन ०४ बुधबार प्रेसपालिका संवाददाता
369 Views

बाँफिकोट गाउँपालिका रुकुम पश्चिमका नेपाली कांग्रेस निकट युवा संगठन नेपाल तरुण दल अध्यक्ष राजु शाहीले बाँफिकोट गाउँपालिकाका प्राविधिकमाथी कुटपिट गरेका छन् । कार्यालय समयमा, कार्यकक्षमै सव इन्जिनियर दिपक शाहमाथी उनले कुटपिट गरेका हुन् ।

नेपाल तरुण दल अध्यक्ष राजुले कर्माचारी इन्जिनियर शाहमाथी कुटपिट - प्रेस पालिकागाउँपालिका अध्यक्ष जनकुमार बाँठा मगरकै अघि शाहीले शाहमाथी कुटपिट गरेका थिए । कर्मचारीमाथी कुटपिट गर्ने शाहीलाई इलाका प्रहरी कार्यालय बाँफिकोटले नियन्त्रणमा लिएको छ । प्राविधिकमाथी कुटपिट हुँदा पनि अध्यक्ष बाँठाले कुनै केही नबाेलेकाे भन्दै कर्मचारी आक्रोशित बनेका छन् ।

उनलाई थप कारबाहीका लागि जिल्ला पठाउने तयारी भइरहेको बताइएको छ । आफूमाथी कुटपिट भएपछि पीडित शाहले कारबाहीका लागि निवेदन दिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News