सानीभेरीले ल्यायाे आर्थिक बर्ष २०७९/८० काे लागी ७० करोड ५५ लाख ९० हजारको वजेट
64x64
२०७९ असार १० शुक्रबार प्रेसपालिका संवाददाता
287 Views

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आर्थिक बर्ष ०७९÷०८० को बजेट गाउँ सभामा पेश गरिएको छ । आज गाउँपालिका उपाध्यक्ष कमला रोकाले गाउँपालिकाको ११ औ गाउँसभामा वजेट वक्तव्य पेश गर्नुभएको हो ।

उपाध्यक्ष रोकाले पेश गनुभएको वजेट वक्तव्यमा आय तर्फ जम्मा ७० करोड ५५ लाख ९० हजारको वजेट पेश गरिएको छ । जसमा संघीय सरकार अन्तरसरकारी बित्तिय हस्तान्तर समानीकरण तर्फ १० करोड २५ लाख, संघीय सरकार राजस्व बाँडफाँट अनुदानतर्फ ९ करोड २३ लाख ५० हजार, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान २१ करोड ७९ लाख, संघीय सरकारबाट प्राप्त बिशेष अनुदान ५० लाख आय हुने अनुमान गरिएको छ ।

त्यसैगरी संघीय समपुरक अनुदान ५० लाख, प्रदेश सरकारवाट प्राप्त हनुे समानीकरण अनदुान ९७ लाख ६८ हजार, प्रदेश सरकारवाट प्राप्त हनुे राजस्व वाँडफाँट अनदुान ५ लाख १२ हजार, प्रदेश सरकारबाट प्राप्त हुने समपुरक अनुदान तर्फ १ करोड ५० लाख, प्रदेश सरकारवाट प्राप्त बिशेष अनुदानतर्फ ६० लाख आय हुने वजेट पेश गरिएको छ ।

प्रदेश सरकारवाट प्राप्तहुने सशर्त अनुदान ३ करोड ६० लाख १० हजार, गाउँपालिकाको गत बर्षको मौज्दात २ करोड, गाउँपालिका सरकारको आन्तरिक श्रोत १ करोड ५० लाख, गरिबसँग बिश्वेश्वर कार्यक्रम ५ लाख ५० हजार, एकिकृत स्वास्थ्य पूर्वाधार निर्माण ९ करोड र सामाजिक सुरक्षा तर्फ ९ करोड आयतर्फको बजेट पेश गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News