मुसीकोट नगर कार्यपालिकामा माओवादी केन्द्रको बहुमत बिजय
64x64
२०७९ जेठ १९ बिहिबार प्रेसपालिका संवाददाता
1046 Views

रुकुम पश्चिमको मुसीकोट नगर कार्यपालिकामा नेकपा माओवादी केन्द्रको बहुमतले बिजय भएकाे छ ।आज भएको नगर कार्यपालिका निर्वाचनबाटमा सबै ८ जना सदस्य माओवादी केन्द्रबाट निर्वाचितमतदानमा ७२ जना नगर सभा सदस्यहरुले मतदान गरेका थिए । माओवादीका सबै ८ जना निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा दलबहादुर परियार, निर्मला नेपाली, राजु विक, निर्मला रसाईली विश्वकर्मा, रचना पुनमगर, ललिता सिर्पाली, दिलमाया खड्का ओली र देवी पुन रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।    मुसीकोट नगर कार्यपालिकामा माओवादी केन्द्रको बहुमत बिजय - प्रेस पालिका

निर्वाचित हुने मध्ये निर्मला नेपालीले ४० मत पाउनुभयो भने अन्य सबै ७ जनाले ३९ मत ल्याए । नेपाली कांग्रेसका उम्मेदवार अनिता विक, टेकबहादुर विक, हिरा गहतराज, अञ्जना केसी विसी, खिमाकुमारी केसी, धनमाया नेपाली र भवानी शर्मा तथा नेकपा एमालेकी उम्मेदवार वमकुमारी ओली केसी पराजित हुनुभयो ।
नगर प्रमुख सहित ६ वडा जितेको कांग्रेसका ७ जना सदस्य छन् । कांग्रेस मुसीकोट नगर कार्यपालिकामा अल्पमतमा परेको छ । नगर कार्यपालिकामा नेकपा एकीकृत समाजवादीका १ जना सदस्य छन् । नगर कार्यपालिकामा पनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेका थिए भने कांग्रेस र एमालेको तालमेल भएको थियो । मुसीकोटका १४ मध्ये ८ वडा माओवादीले जितेको थियो ।

कांग्रेसका सबै उम्मेदवारले ३३ मत पाउँदा एमालेकी उम्मेदवारले ३२ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको भनाई छ । यो संगै मुुसीकोट नगर कार्यपालिकामा नेकपा माओवादी केन्द्रका १६ जना सदस्य भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

नेयमारको गोल खेर गयो विश्वकप जित्ने सपना चकनाचुर !  |  पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |