
रुकुम पश्चिमको चौरजहारी गरपालिका मेयर र उप मेयर मा माओवादी केन्द्रले विजय हासिल गरेको छ। मेयरमा माओवादी केन्द्रका पुष्प बादी (वसन्त) र उप मेयरमा इश्वरी शर्मा बिएम विजयी हुनुभएको छ ।
मेयरमा वादीले , ६ हजार ८ सय ८२ मत प्राप्त गरेर विजयी हुँदा उहाँका प्रतिद्वन्दी गठबन्धनबाट कांग्रेसका उमेद्वार प्रेम बहादुर ओलीले ६ हजार ३ सय ११ मत प्राप्त गरी पराजित हुनुभएकाे छ ।
उपमेयर मा निर्वाचित इश्वरी शर्मा बिएमले ७ हजार २ मत प्राप्त गरि विजयी हुनु भएको हो । भने उहाका प्रतिद्वन्दी नेकपा गठबन्धन बाट एमालेका टंक प्रसाद ओलीले ५ हजार ७ सय ४४ मत प्राप्त गरी पराजित हुनु भएको छ ।
चौरजहारी नगरपालिकाका १४ वटा वडा मध्य दुई वटा ३ वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन भने ११ वडामा माओवादी केन्द्रका उम्मेदवारहरु निर्वाचित भएका छन ।
