चाैरजहारी १२ काे सिङ्गो माओवादी प्यानल बिजय
64x64
२०७९ जेठ ०३ मंगलबार प्रेसपालिका संवाददाता
606 Views

२०७९ वैशाख ३० मा भएको निर्वाचनमा रूकुम पश्चिम चौरजहारी नगरपालिका १२ मा काँग्रेस र नेकपा (एमाले) काे गठबन्धनलाई पराजित गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षका उम्मेद्वार टिकाराम ओली लगायत ५ जनाको सिङ्गो टीम नै विजय भएकाे हो । ओली ५ सय ३ मत ल्याएर विजय हुनु भयको छ । भने उहाँका प्रतिद्वन्दी एमाले कांग्रेस गठबन्धनबाट एमालेका अध्यक्ष का उमेद्वार गणेश बहादुर अधिकारी ले ३ सय ९१ मत ल्याएर पराजित हुनु भयको छ। त्यस्तै सदस्यमा माओवादी केन्द्रबाट मेगराम खत्री ,बुदू जैसी , कमला डाँगी ओली र भद्रशिल तीरुवा विजयी हुनु भयको छ ।

अहिले सम्म माओवादी केन्द्रका नगर प्रमुखका उम्मेद्वार पुष्प वादीले ५ हजार ६ सय ९३ र उप प्रमुखकी उमेद्वाेर इश्वरी शर्मा विएमले ५ हजार ८ सय २७ मत प्राप्त गर्नु भएको छ ।त्यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका नगर प्रमुखका उम्मेद्वार प्रेमबहादुर ओली ले ५ हजार ६७ र एमालेका उप प्रमुखका उम्मेद्वार टंकप्रसाद ओलीले ४ हजार ५ सय १६ मत प्राप्त गर्नु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News