
२०७९ वैशाख ३० मा भएको निर्वाचनमा रूकुम पश्चिम चौरजहारी नगरपालिका ११ मा काँग्रेस र नेकपा (एमाले) काे गठबन्धनलाई पराजित गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षका उम्मेद्वार तुल्से ओली लगायत ५ जनाको सिङ्गो टीम नै विजय भएकाे हो । ओली ५ सय ८४ मत ल्याएर विजय हुनु भयको छ । भने उहाँका प्रतिद्वन्दी एमाले कांग्रेस गठबन्धनबाट एमालेका अध्यक्ष का इन्द्र मल्ल ले ४ सय ८४ मत ल्याएर पराजित हुनु भयको छ। त्यस्तै सदस्यमा माओवादी केन्द्रबाट कर्णविर ओली ,केवल ओली , मनसरा खत्री , जानकी सुनार नेपाली विजय हुनु भयको छ ।
अहिले सम्म माओवादी केन्द्रका नगर प्रमुखका उम्मेद्वार पुष्प वादीले ५ हजार २ सय ७ र उप प्रमुखकी उमेद्वार इश्वरी शर्मा विएमले ५ हजार ३ सय ४१ मत प्राप्त गर्नु भएको छ ।त्यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका नगर प्रमुखका उम्मेद्वार प्रेमबहादुर ओली ले ४ हजार ६ सय ४२ र एमालेका उप प्रमुखका उम्मेद्वार टंकप्रसाद ओलीले ४ हजार ८६ मत प्राप्त गर्नु भएको छ ।
