२०७९ वैशाख ३० मा भएको निर्वाचनमा रूकुम पश्चिम चौरजहारी नगरपालिका १० मा नेपाली काँग्रेस र नेकपा (एमाले) पराजित गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षका उम्मेद्वार बिरेन्द्र रोकाय लगायत ५ जनाको सिङ्गो टीम नै विजय भएकाे हो । रोकाय ५ सय ४९ मत ल्याएर विजय हुनु भयको हो । भने उहाँका प्रतिद्वन्दी कांग्रेसका गणेशमान डाँगी ले ४ सय ६ मत ल्याएर पराजित हुनु भयको छ। त्यस्तै सदस्यमा माओवादी केन्द्रका राजु परियार , तुलसीराम बुढा , गीता कुमारी केसी , सुनिता विक विजय हुनु भयको हो ।
अहिले सम्म माओवादी केन्द्रका नगर प्रमुखका उम्मेद्वार पुष्प वादीले ४ हजार ७ सय र उप प्रमुखकी उमेद्वार इश्वरी शर्मा विएमले ४ हजार , ८ सय ७ मत प्राप्त गर्नु भएको छ ।त्यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका नगर प्रमुखका उम्मेद्वार प्रेमबहादुर ओली ले ४ हजार ७३ र एमालेका उप प्रमुखका उम्मेद्वार टंकप्रसाद ओलीले ३ हजार ५ सय ६३ मत प्राप्त गर्नु भएको छ ।