चौरजहारी ६ को अध्यक्षमा गठबन्धनका उमेद्वार वीजयी
64x64
२०७९ जेठ ०२ सोमबार प्रेसपालिका संवाददाता
518 Views

२०७९ वैशाख ३० मा भएको निर्वाचनमा रूकुम पश्चिम चौरजहारी नगरपालिका ६ मा नेपाली काँग्रेस र नेकपा (एमाले) को गठबन्धनबाट वडा अध्यक्षमा नेपाली कांग्रेसका जय प्रकाश बोहोरा विजय हुनु भएकाे छ । बोहोराले ३ सय ३५ मत ल्याएर विजय हुनु भयको हो । उहाँका प्रतिद्वन्दी माओवादी केन्द्रका अध्यक्षका उमेद्वार पूर्ण बहादुर रोकायाले ३ सय ७ मत ल्याएर पराजित हुनु भयको छ । सदस्यमा भने माओवादी केन्द्रले जीत हात पारेको छ । सदस्यमा कृति बहादुर बिक , धनमाया गहतराज बिक , संरचना महतारा बोहरा र बिरेन्द्र बोहरा गरी चारै जना माओवादी केन्द्र बाट विजय हुनु भएको हो ।

अहिले सम्म नगर काे वडा नम्बर १ ,२ ,३ ,४ , ५ र ६ नम्बर वडा काे मत गणना भयको छ । ६ बाहेक अरु वडा मा माओवादी केन्द्रले जीत हात पारेको छ । भने ६ को वडा अध्यक्षमा नेपाली कांग्रेसले जीत हात परेको छ । ६ नम्बर वडा बाट माओवादी केन्द्रका नगर प्रमुखका उम्मेद्वार पुष्प वादीले ४ सय र उप प्रमुखकी उमेद्वार इश्वरी शर्मा विएमले ३ सय ९१ मत प्राप्त गर्नु भएको छ ।त्यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका नगर प्रमुखका उम्मेद्वार प्रेमबहादुर ओली ले ३ सय ४२ र नेकापा एमालेका उप प्रमुखका उम्मेद्वार टंकप्रसाद ओली ले ३ सय १६ मत प्राप्त गर्नु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News