२०७९ वैशाख ३० मा भएको निर्वाचनमा रूकुम पश्चिम चौरजहारी नगरपालिका ५ मा नेपाली काँग्रेस र नेकपा (एमाले) को गठबन्धनलाई पराजित गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षका उम्मेद्वार खुम बहादुर खड्का लगायत ५ जनाको सिङ्गो टीम नै विजय भएकाे छ । खड्काले ४ सय ३५ मत ल्याएर विजय हुनु भयको हो । त्यस्तै सदस्यमा मिमी सार्की , नर्पता बुढा , चन्द्रलाल जैसी , धन बहादुर घर्ति विजय हुनु भएको छ।
अहिले सम्म नगर काे वडा नम्बर १ ,२ ,३ ,४ र ५ नम्बर वडा काे मत गणना भयको छ । ५ वटै वडा मा माओवादी केन्द्रले जीत हात पारेको छ । ५ नम्बर वडा बाट माओवादी केन्द्रका नगर प्रमुखका उम्मेद्वार पुष्प वादीले ४ सय २८ र उप प्रमुखकी उमेद्वार इश्वरी शर्मा विएमले ४ सय ४२ मत प्राप्त गर्नु भएको छ ।त्यस्तै नेपाली काँग्रेसका नगर प्रमुखका उम्मेद्वार प्रेमबहादुर ओली ले ३ सय ८२ र उप प्रमुखका उम्मेद्वार टंकप्रसाद ओली ले ३ सय २६ मत प्राप्त गर्नु भएको छ ।