चौरजहारी ४ मा माओवादी काे प्यानल विजय
64x64
२०७९ जेठ ०१ आइतबार प्रेसपालिका संवाददाता
715 Views

२०७९ वैशाख ३० मा भएको निर्वाचनमा रूकुम पश्चिम चौरजहारी नगरपालिका ४ मा नेपाली काँग्रेस र नेकपा (एमाले) को गठबन्धनलाई पराजित गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षका उम्मेद्वार गोपाल भण्डारी (शिशिर) लगायत ५ जनाको सिङ्गो टीम नै विजय भएकाे छ । भण्डारीले ५ सय ७८ मत ल्याएर विजय हुनु भयको हो । त्यस्तै सदस्यमा मनसरा खड्का बुढा , लक्ष्मी सुनार , गनेश पुन , बलवीर सार्की विजय हुनु भयको छ ।

अहिले सम्म नगर काे वडा नम्बर १ ,२ ,३ र ४ नम्बर वडा काे मत गणना भयको छ । ४ वटै वडा मा माओवादी केन्द्रले जीत हात पारेको छ । अहिले सम्म माओवादी केन्द्रका नगर प्रमुखका उम्मेद्वार पुष्प वादीले २ हजार १ सय २६ र उप प्रमुखकी उमेद्वार इश्वरी शर्मा विएमले २ हजार १ सय ६५ मत प्राप्त गर्नु भएको छ ।त्यस्तै नेपाली काँग्रेसका नगर प्रमुखका उम्मेद्वार प्रेमबहादुर ओली ले १ हजार ८ सय ८० र उप प्रमुखका उम्मेद्वार टंकप्रसाद ओली ले १ हजार ६ सय २६ मत प्राप्त गर्नु भएको छ । जसपा का मेयर का उमेद्वार प्रसाराम खत्री ले १ मत प्राप्त गर्नु भयको छ। राप्रपा का उमेद्वार ले भने अहिले सम्म एक मत पनि प्राप्त गर्न सकेका छैनन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News