
२०७९ वैशाख ३० मा भएको निर्वाचनमा रूकुम पश्चिम चौरजहारी नगरपालिका ३ मा नेपाली काँग्रेस र नेकपा (एमाले) को गठबन्धनलाई पराजित गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षका उम्मेद्वार लाल बहादुर बुढा लगायत ५ जनाको सिङ्गो टीम नै विजय भएकाे हो । बुढा ६ सय ३३ मत ल्याएर विजय हुनु भयको हो । त्यस्तै सदस्यमा मिना के सी , घरदी कामी इन्द्रा बटाला र चन्द्रा बस्नेत विजय हुनु भएको छ।
३ नम्बर वडा बाट माओवादी केन्द्रका नगर प्रमुखका उम्मेद्वार पुष्प वादीले ५ सय ९८ र उप प्रमुखकी उमेद्वार इश्वरी शर्मा विएमले ६ सय १२ मत प्राप्त गर्नु भएको छ ।त्यस्तै नेपाली काँग्रेसका नगर प्रमुखका उम्मेद्वार प्रेमबहादुर ओली ले ३ सय ८९ र उप प्रमुखका उम्मेद्वार टंकप्रसाद ओली ले ३ सय ४३ मत प्राप्त गर्नु भएको छ ।
