त्रिवेणीमा ३ मा गठबन्धनबाट कांग्रेसकाे प्यानल विजय
64x64
२०७९ जेठ ०१ आइतबार प्रेसपालिका संवाददाता
195 Views

रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसकाे प्यानल विजय भयको छ । अध्यक्षमा गठबन्धन बाट नेपाली कांग्रेसका दिपेन्द्र कुमार ओली ६ सय ९२ मत ल्याएर विजय हुनु भयको छ।

नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र का उमेद्वार बिरभान ओली ५ सय ०९ मत ल्याएर पराजित हुनु भयको हो। त्यस्तै नेकपा एमालेका पदम खड्का र नेकपा एकिकृत समाजवादीका प्रेम कार्की न्यून मत ल्याएर पराजित हुनु भयको हो। त्यस्तै सदस्यमा गंगा खड्का , रति दमाइ , डम्बर बहादुर खड्का , लोकेन्द्र के सि विजय हुनु भएको हो ।माओवादी केन्द्र का अध्यक्षका उमेद्वार गनेश के सी ले १ हजार १ सय ३८ र उपाध्यक्षमा राजकुमारी रेउले १ हजार १ सय२७ मत ल्याउनु भयको छ । भने नेपाली काङ्ग्रेसबाट अध्यक्षमा अमरसिं खड्का ८ सय ६६ र सृस्टि बाठा मगर ८ सय ७९ मत प्राप्त गर्नु भएको छ । त्यस्तै ने क पा एमाले बाट अध्यक्षमा चोपलाल खड्का ४४ र धनकला बिस्ट ४ मत प्राप्त गर्नु भएको हो।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News