२०७४ को स्थानीय निर्वाचनमा चौरजहारी नगरपालिका वडा नम्बर २ मा एकल प्रतिस्पर्धाबाट नेपाली काँग्रेस विजयी बनेको थियो। २०७९ वैशाख ३० मा भएको निर्वाचनमा भने माओवादी केन्द्र का वडा अध्यक्ष का उमेद्वार वीर बहादुर राणा ३ सय ३८ मत ल्याएर विजय हुनु भएकाे छ । साथै माओवादी केन्द्र बाट रामकुमार गौतम , कमला कुमाल , उमा देवी सुनार गरेर ३ जना वडा सदस्य माओवादी केन्द्र बाट विजय हुनु भयको छ । भने माओवादी केन्द्रका खुल्ला सदस्यका उमेद्वार टोपबहादुर खत्री परार्जित हुनु भयको हो । उहाँलाई पराजित गर्दै भीम बहादुर राणा खुल्ला सदस्यमा नेपाली कांग्रेस बाट विजय हुनु भयको हो ।
नेपाली काँग्रेस बाट नगर प्रमुखका उम्मेद्वार प्रेमबहादुर ओली ले ३ सय ५८ र उप प्रमुखका उम्मेद्वार टंकप्रसाद ओली ले ३ सय १९ मत प्राप्त गर्नु भएको छ । भने माओवादी केन्द्र बाट नगर प्रमुखका उम्मेद्वार पुष्प वादीले २ सय ९३ र उप प्रमुखकी उमेद्वार इश्वरी शर्मा विएमले २ सय ३ मत प्राप्त गर्नु भएको छ ।
