३१ वैशाख, रुकुम
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर १ मा स्वतन्त्र प्यानल विजय भएको छ । सुन्दर ओली सहितको स्वतन्त्र प्यानल माओवादी केन्द्र र काँग्रेसका उम्मेदवारलाई पछि पार्दै सुन्दर ओलीको स्वतन्त्र प्यानल विजय भएको हो ।
सुन्दर ओली ५ सय ७७ मतले विजय भएका हुन् । माओवादी केन्द्रका लक्ष्मण ओलीले ४ सय १७, नेपाली काँग्रेसका मुस्कान ओलीले ४४ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र प्यानलबाट महिला सदस्य ५ सय ३१, दलित महिला सदस्य ५ सय ३६, खुल्ला सदस्य ५ सय ७ र खुल्ला सदस्यले ४ सय ९२ मत प्राप्त गरेका छन् ।
अहिले सम्म ११ सय १४ मत गणना गरिएको छ । गाउँपालिका अध्यक्षमा माओवादी गनेश केसी ५ सय ८८, नेपाली काँग्रेस अमरसिं खड्काले २ सय ३० र नेकपा एमालेका चोपलाल खड्का) १५ मत प्राप्त गर्नुभएको छ ।।