रुकुम महोत्सवको आय व्यय सार्वजनिक
64x64
२०८१ जेठ ०७ सोमबार प्रेसपालिका संवाददाता
168 Views

रुकुम उद्योग वाणिज्य संघले रुकुम रुकुम पश्चिम कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव २०८० को आय–व्यय सार्वजनिक गरेको छ । फागुन १८ गते देखि २८ गतेसम्म मुसिकोटको बराहटाकुरा टुँडिखेलमा सञ्चालन भएको महोत्सवको करिब दुई महिनापछि सोमबार पत्रकार सम्मेलन गरी आय–व्यय विवरण प्रस्तुत गरिएको हो ।

 

वाणिज्य संघको आफ्नै भवनमा पत्रकार सम्मेलन गरि संघका बरिष्ठ उपाध्यक्ष दल बहादुर खड्काले आम्दानी तथा खर्च विवरण प्रस्तुत गर्नुभएको थियो । विवरण अनुसार महोत्सवमा संघले २२ लाख ५२ हजार दुई सय ५६ रुपैयाँ ५९ पैसा कारोबार गरेको छ । जसमा २० लाख ६२ हजार ६ सय ४७ रुपैयाँ ७४ पैसा खर्च भएको बरिष्ठ उपाध्यक्ष खड्काले जानकारी दिनुभयो ।  महोत्सवको नाफा एक लाख ८९ हजार ६ सय आठ रुपैयाँ ८५पैसा रहेको बत्ताएको छ ।

महोत्सवमा आम्दानीका स्रोत मध्ये टिकट बिक्रीबाट १० लाख ३१ हजार दुई सय ३८ रुपैयाँ ९४ पैसा, स्टल बिक्रीबाट ७ लाख ७० हजार, प्रायोजक तथा विज्ञापन बापत चार लाख ४६ हजार १७ रुपैयाँ ६५ पैसा रहेको उल्लेख गरिएको छ । उक्त रकम टेन्ट तथा स्टल निर्माणमा ६ लाख, मञ्च निर्माण तथा साउन्ड सिस्टम व्यवस्थापनमा चार लाख, सांस्कृतिक कार्यक्रम व्यवस्थापन तथा कलाकार खर्च ६ लाख, कलाकार तथा अतिथि ओसारपसारका लागि गाडी भाडामा एक लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तीन लाख १२ हजार ६ सय ४७ रुपैयाँ ७४ पैसा र कर्मचारीमा ५० हजार खर्च भएको उल्लेख छ ।

 

संघका अध्यक्ष पल बहादुर खड्काले मेला सफलतापूर्वक सम्पन्न भएको र संघले केही रकम बचतसमेत गर्न सकेकोमा खुसी व्यक्त गर्नुभएको छ । थुप्रै चुनौतीका बाबजुद पनि महोत्सव सम्पन्न भएको बताउनुभयो । रुकुम उद्योग वाणिज्य संघले मेला सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने सबैलाई धन्यवाद समेत दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News