`घरज्वाइँ´ को क्यारेक्टर पोस्टर सार्वजनिक
64x64
२०८० चैत्र २० मंगलबार प्रेसपालिका संवाददाता
181 Views

रुकुम पश्चिम २०, चैत ।

रुकुम पूर्वको विभिन्न ठाउँमा छायांकन गरिएको चलचित्र “घरज्वाइँ” को क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले दर्शकसँग प्रतिक्रिया मागेका छन् । फागुन महिना मात्र चलचित्र छायांकन सकेको टिमले फेसबुक मार्फत चलचित्रको क्यारेकटर पोस्टर सार्वजनिक गर्दै प्रतिक्रिया मागेका हुन् ।

 

 

२०८१ असार २८ गते प्रदर्शन मिति घोषणा गरेको चलचित्र घरज्वाइँ रुकुम पूर्वको लुकुम, काँक्री, तकसेरा लगायतका ठाँउमा छायांकन भएको छ ।

 

 

चलचित्रमा अहिलेका चर्चित कलाकार दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, खबपु पुन, बिबेश बुढा मगर, सुनिल मगर लगायतका कलाकारको अभिनय छ ।

 

 

कथा लेखन अनिल बुढा मगर, विनोद खतिवडा, सुभाष कोइरालाको रहको छ । चलचित्र निर्माण जि. एम . मुभिज प्रोडक्सन प्रा.ली. मार्फत गर्न लागिएको छ । जनक घर्ती मगरले निर्माण गर्न लागेको चलचित्रमा मुख्य सहायक निर्देशक फिरोज खड्का छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News