रुकुम पश्चिम २०, फागुन ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१, बराहटाकुरामा संचालित रुकुम महोत्सवको भोली चौथो दिन राष्ट्रिय कलाकार गायिका एलिना चौहानको प्रस्तुति रहने भएको छ । गायिका चौहान सङ्गै अन्य स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने आयोजकले बताएको छ ।
यस अघि महोत्सवमा राष्ट्रिय कलाकारहरु रामजी खाँड, टंक तिम्लसिना लगायत स्थानीय कलाकारहरुले प्रस्तुति राखेको कला साँस्कृतिक पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमका अध्यक्ष डिल्लि परियारले जानकारी दिनुभयो ।
‘रुकुम पश्चिम समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र उद्योग व्यापार’ भन्ने मुल नाराका साथ रुकुम ऊध्योग वाणिज्य संघ रुकुम पश्चिमको आयोजना र कला साँस्कृतिक पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमको सह आयोजनामा संचालित महोत्सव फागुन २८ गतेसम्म संचालन हुने छ ।