रुकुम पश्चिम १४, मङ्सिर ।
बहुचर्चित लोकदोहोरी गायक तथा सर्जक किरण बाबु पुनको अत्यन्त फरक धारको लोकदोहोरी गीत प्रेम हैन र´ बोलको गीत सार्वजनिक भएको छ । गहिरो मायाप्रेमको कहानी र त्यसपछि विछोड हुँदै फेरि पुनर्मिलनको यथार्थ भाव बोकेको गीत बुधबार सार्वजनिक भएको हो ।
यो गीतमा म तिम्रो लागि लायक भएन र, के म तिम्रो हैन र जस्ता अत्यन्त मार्मिक भावहरु समेटिएका छन् । एउटा प्रेमलाई सफल पार्न मन्दिर धाएको र धन सम्पत्ति महल भन्दा पनि तिम्रो साथ नै प्यारो हो जस्ता भावुक सन्देश यस गीतले दिएको छ ।
यो गीतमा किरणबाबु पुन र टीका पुनको आवाज रहेको छ । किरणबाबुको लय सृजनामा सार्वजनिक प्रेम हैन र बोलको गीतमा जुना गुरुङ र किरण बाबुकै उत्कृष्ट एवं सुन्दर अभिनय रहेको छ । उक्त गीतको छायांकन दोलखा जिल्लाको कालिन्चोकमा गरिएको हो ।
भिडियो हेर्न तलको लिंक थिच्नुहोला ।