संंस्कृति बोलको गीत बजारमा आउँदै
64x64
२०८० भाद्र १२ मंगलबार प्रेसपालिका संवाददाता
2574 Views

रुकुम पश्चिम १२, भदौ ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका निवासी गीतकार आरसी खड्का र गायक डिल्ली परियारको संयुक्त प्रस्तुति संंस्कृति बोलको गीत बजारमा आउने भएको छ ।  साविक मध्यपश्चिम क्षेत्रको सिङ्गारु भाकामा तयार पारिएको गीत आगामी असोज ५ गते बजारमा आउन लागेको गायक डिल्ली परियारले जानकारी दिनुभएको छ ।

टिपीकल शब्द सहित तयार गरिएको उक्त गीतमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका क्षेत्र तिर बजाईने बाजागाजा समावेश गरिएको छ । भिडियोमा पनि जिल्लाकै प्रख्यात मयुर नाच समावेश गरिएको गायक परियारको भनाइ छ ।

हाल अमेरिकामा रहनुभएका संकलक आरसी खड्काको शब्द रहेको गीतमा कलाकार शान्ती श्री परियार, तिलक परियार र डिल्ली परियारको स्वर रहेको छ ।

अमेरिकामा रहेर पनि आफ्नो रीतिथिती, कला संस्कृतिको संरक्षण गर्नु आफ्नो मुख्य ध्येय रहेकोले संस्कृति गीत तयार पारिएको शब्द संकलक खड्काले बताउनुभएको छ ।

गीतको लय तथा म्युजिक एरेन्ज गायक परियारले गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |