तिल्सरा शर्माको तीज गीत सरर गाडीमा
64x64
२०८० श्रावन २२ सोमबार प्रेसपालिका संवाददाता
1246 Views

रुकुम पश्चिम २२, साउन ।
रुकुम पश्चिमकी तिल्सरा शर्माको तीज गीत सरर गाडीमा सार्वजनिक भएको छ । यसवर्षको तीज नजिंकैदै गर्दा चेली र माइतीघरको सम्बन्धलाई समेट्दै शर्माको गीत केही दिन अघि सार्वजनिक भएको हो ।

सरर गाडीमा बोलको गीतमा आमाको हातबाट दर खाएर रातो सारीमा छमछमी नाच्ने लगायतका भाव पोखिएको छ । पोहोर साल त्यस्तै भयो यो साल बेसरी नाचिन्छ भन्ने प्रसङ्गलाई गीतमा जोडिएको छ ।

भावमा सुखदुःख तर मनोरञ्जनले भरिपूर्ण गीतमा तिल्सराको शब्द तथा छवि परियारको लय संकलन रहेको छ । त्यस्तै नविन विक, माया दर्नाल र नविना केसीले आवाज दिएका छन् ।

यो गीत भावना म्युजिक सोलुसनले युट्युब मार्फत सार्वजनिक गरेको छ ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News