रुकुम पश्चिम १३, बैशाख ।
लोक गायनमा आधारित रियालिटी शो ‘हिमालय लोक स्टार नेपाल’ को दोस्रो सिजनमा रुकुम पश्चिमका बलराम विश्वकर्मा बिजेता बनेका छन् । सानीभेरी गाउँपालिका वडानम्बर -३, गरायलाका विश्वकर्मा डिजिटल अडिसन हुँदै विभिन्न राउण्डहरु पार गरेर बिजेता बनेका हुन् ।
लोक स्टारमा प्रस्तुत गरेको प्रस्तुतिलाई मन पराएर दर्शकले दिएको भोटको आधारमा विश्वकर्मा उत्कृष्ट ६ मा पर्दै उपाधी चुम्न सफल भएका छन् । उनले फाइनलमा अन्य ५ जना प्रतिस्पर्धीलाई पछि पारेका हुन् ।
विजेता विश्वकर्मालले १५ लाख नगद पुरस्कार पाउने भएका छन् । त्यस्तै लोकस्टारको फाइनलमा फस्ट रनरअप सल्यानका पिएन साइला भएका छन् । गुल्मीका सन्तोष क्षेत्री भने सेकेन्ड रनरअप भएका छन् ।
लोकस्टारको फाइनल प्रतिस्पर्धामा बलराम सहित ६ जना प्रतियोगी फिनालेमा पुगेका थिए ।