रुकुम पश्चिम ३०, चैत ।
लोक गायनमा आधारित रियालिटी शो ‘हिमालय लोक स्टार नेपाल’ को दोस्रो सिजनमा रुकुम पश्चिमका बलराम विश्वकर्मा फाईनल प्रवेश गरेका छन् । सानीभेरी गाउँपालिका वडानम्बर -३, गरायलाका विश्वकर्मा डिजिटल अडिसन हुँदै विभिन्न राउण्डहरु पार गरेर बुधबार फाईनल प्रवेश गरेका हुन् ।
लोक स्टारमा प्रस्तुत गरेको प्रस्तुतिलाई मन पराएर दर्शकले दिएको भोटको आधारमा विश्वकर्मा उत्कृष्ट ८ बाट फाइनल अर्थात् उत्कृष्ट ६ मा पुगेका छन् । अव फाइनल चरणमा बलरामले ४ वटा प्रस्तुति गाउने छन् । उनलेे फाइनल यात्रा तय गरे सङ्गै सबैलाई भोटको अपिल समेत गरेका छन् ।
फाईनल विजेता बन्नका लागि दर्शकको धेरै भोट आवश्यक पर्दछ । उनलाई भोट गर्नका लागि आइएमई पे मोबाइल एपमा गएर उनको भोटिङ कोड ०१ मा भोट गर्न सकिन्छ ।
नेपाल लोक स्टार–२ का विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् ।