रुकुम महोत्सवमा आज आर्यन सिग्देल
64x64
२०७९ चैत्र ०५ आइतबार प्रेसपालिका संवाददाता
985 Views

रुकुम पश्चिम ५, चैत ।
रुकुम पश्चिमको मुसिकाेट नगरपालिका -१, बराहटाकुरामा जारी रूकुम महाेत्सवमा आज सिने जगतका चर्चित चक्लेटी नायक  आर्यन सिग्देल आउने भएका छन् । महोत्सवको १०औं दिन आईतबार नायक सिक्देल र लोकदोहोरी गायक तिलक परियारको प्रस्तुति रहने आयोजकले बताएको छ ।

यो संगै स्थानीय कलाकार जम्बो डान्स ग्रुपको पनि प्रस्तुति रहने छ । ‘रुकुम पश्चिम समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र उद्योग व्यापार’ भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको आयोजना र कला साँस्कृतिक पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमको सह आयोजनामा   सन्चालन भैरहेको महोत्सव चैत्र ७ गतेसम्म संचालन हुने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News