रुकुम पश्चिम ३०, फागुन ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १, बराहटाकुरामा सन्चालित रुकुम महोत्सवको आज पाँचौ दिन राष्ट्रिय कलाकार गायिका ज्योति मगरको को प्रस्तुति रहने भएको छ । गायिका मगर सङ्गै अन्य स्थानिय कलाकार जुम्बा डान्स ग्रुपको पनि बेजोड प्रस्तुति रहने आयोजकले बताएको छ ।
यस अघि महोत्सवमा राष्ट्रिय कलाकारहरु रामजी खाँड, पुरुषोत्तम भण्डारी पुर्खेबा, पुर्णकला बिसी, सुकदेव अधिकारी,टिका सानु,मानसिङ खड्का लगायत स्थानीय कलाकारहरुले प्रस्तुति राखेको महोत्सव संयोजक डिल्ली परीयारले जानकारी दिनुभयो ।
‘रुकुम पश्चिम समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र उद्योग व्यापार’ भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको आयोजना र कला साँस्कृतिक पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमको सह आयोजनामा सन्चालन महोत्सव चैत ७ गतेसम्म संचालन हुने छ ।