रुकुम महोत्सवमा आज टिका र मानसीङको प्रस्तुति
64x64
२०७९ फाल्गुण २९ सोमबार प्रेसपालिका संवाददाता
1174 Views

रुकुम पश्चिम २९, फागुन ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१, बराहटाकुरामा सन्चालित रुकुम महोत्सवको आज चौथो दिन गायिका टिका सानु र गायक मानसीङ खड्काको प्रस्तुति रहने भएको छ । टिका र मानसीङ सङ्गै अन्य कलाकाको पनि बेजोड प्रस्तुति रहने आयोजकले बताएको छ ।

फागुन २६ गते शुक्रबार महोत्सव उद्घाटन भएपनि साँगितिक कार्यक्रम भने २७ गते शनिबार देखि सुरु भएको हो ।

यस अघि महोत्सवमा राष्ट्रिय कलाकारहरु रामजी खाँड पुरुषोत्तम भण्डारी पुर्खेबा, पुर्णकला बिसी, सुकदेव अधिकारी लगायत स्थानीय कलाकारहरुले प्रस्तुति राखेको महोत्सव संयोजक डिल्ली परीयारले जानकारी दिनुभयो ।

‘रुकुम पश्चिम समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र उद्योग व्यापार’ भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको आयोजना र कला साँस्कृतिक पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमको सह आयोजनामा   सन्चालन महोत्सव चैत ७ गतेसम्म संचालन हुने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News