रुकुम पश्चिम २८, फागुन ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिका बराहाटाकुरा स्थित झोलुंगे पुल नजिकैको (सोपिङ) पिङ सञ्चालनमा आएको छ । पुल सल्लेतिरको भिरालो डाडाँमा निर्माण भएको पिङ बुधबार देखि सञ्चानमा आएको हो ।
करिब १५ लाख लगानीमा पिङ निर्माण गरिएको सञ्चालक सानीभेरी गाउँपालिका ९ का इन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार एउटै संरचनामा दुई जनाले संगै खेल्न मिल्ने एउटा पिङ रहेको छ भने अर्को एकजाले मात्र खेल्न मिल्ने सिगंल पिङ रहको छ । त्यस्तै पिङ खेल्न आउनेहरुका लागि खंलगा बजार देखिने गरी फोटा खिच्न सहज होस् भनेर पिङ संगै जोडिएको एउटा अग्लो रेलिङ पनि निर्माण गरिएको छ । पिङ आसपासको क्षेत्र तारजालीले घेराबार गरिएको छ । पिङ खेल्नेहरुबाट ५ मिनेटको १ सय ५० र गेट भित्र प्रवेश गरी पिङमा बसेर फोटा खिच्नेहरुबाट २० रुपैया शुल्क लिने गरिएको उहाँले बताउनुभयो । पिङ खेल्नेहरुले भने छुटै २० रुपैँया तिर्नु नपर्ने उहाँको भनाई छ ।
नजिकै बराहाटाकुरामा महोत्सव लागेकाले पनि पिङ खेल्न र फोटा खिच्न दैनिकी २५/३० जना भन्दा बढी आउने गरेको उहाँको भनाई छ । पिङ खेल्न आउने बाह्य र आन्तरिक पर्यटकलाई सहज होस भनेर पिङ नजिकै क्याफे सञ्चालन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । आवस्यक सबै मापदण्ड पुरा गरिएकाले पिङ खेल्नेहरुका लागि कुनै जोखिम भने नरहेको सञ्चालक खड्काले बताउनुभयो ।