रुकुम पश्चिम २४, फागुन ।
लोक गायनमा आधारित रियालिटी शो ‘हिमालय लोक स्टार नेपाल’को दोस्रो सिजनमा रुकुम पश्चिमका बलाराम विश्वकर्मा अन्तिम १६ अर्थात भोटिङ राउण्डमा प्रवेश गर्नु भएको छ । रुकुम पश्चिम सानीभेरी गाउपालिका वडा नम्बर ३ गरायलाका विश्वकर्मा डिजिटल अडिसन हुँदै विभिन्न राउण्डहरु पार गर्दै टप १६ मा प्रवेश गर्नुभएको हो ।
मंगलबार देखि सुरु भएको भोटिङ राउण्डमा १६ जना प्रतिस्प्रधिले प्रतिस्प्रधा गरिरहेका छन् । टप १६ मा पुग्नुभएका रुकुम पश्चिमका विश्वकर्माको अबको लोक स्टारको यात्रा भोटिङमा निर्भर रहने छ । दर्शकले आफूलाई मनपर्ने कलाकारलार्ई भोट गर्दै जिताउन सक्नेछन । अवको आफ्नो यात्रा दर्शकको भोटमा निर्भर रहेको भन्दै उहाँले भोट गरेर सहयोग गर्न सबैसामु अनुरोध गर्नुभएको छ ।
उहाँलाई भोट गर्नका लागि आइएमई पे मोबाइल एप आवश्यक पर्छ । उहाँको भोटिङ कोड ०१ रहेको छ । मोबाइलको प्ले स्टोरमा गएर आइएमई पे एप डाउनलोड गरी त्यसबाट भोट गर्न सकिने बताइएको छ ।
नेपाल लोक स्टार–२ का विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने छन ।