बेलिब्रीज भाँचिदा दुई जनाको मृत्यु, ७ घाइते 
64x64
२०८० बैसाख ०७ बिहिबार प्रेसपालिका संवाददाता
309 Views

रुकुम पश्चिम ७, बैशाख ।
जाजरकोट-डोल्पा सडकखण्ड अन्तर्गत रुकुम पश्चिम र जाजरकोट जोड्ने तल्लु बगरमा निर्माणाधीन बेलिब्रीज भाँचिदा आज २ जनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका -१२, तल्लुबगर र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -४, गोतामकोट जोड्ने गरि ठूली भेरी नदी माथि निर्माणाधीन पुल भाँचिदा २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा भारत बहराइच मधुवापुरका अन्दाजी ४० वर्षीय प्रशान्त राजकुमार र सोहि ठाउँका ३० वर्षिय धर्मेन्द्र हरीजन चमार रहेका छन् । रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् ।  दुर्घटनामा क्रेन चालक नवलपरासीका २६ वर्षीय निरजकुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।

अन्य घाईते हुनेहरुमा भारत बहराइच मधुवापुरका ५० वर्षिय मैकु गौतम, सोहि ठाउँका ३० वर्षीय गोरख नाथ, २५ वर्षीय सञ्जय गौतम, १९ वर्षीय सोनु चुमार, ४९ वर्षीय गोपाल चमार र ६० वर्षीय  राजकुमार हरीजन चमार रहेका छन् ।

घाईते मध्य तीन जनाको अवस्था गम्भिर रहेको छ ।अन्य चार जनाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत लगिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News