आँखा अप्रेशन शिविर सञ्चालन
64x64
२०७९ चैत्र २३ बिहिबार प्रेसपालिका संवाददाता
319 Views

रुकुम पश्चिम २३, चैत ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१, सल्लेमा २ दिने निशुल्क आँखा अप्रेशन शिविर सञ्चालन भएको छ ।  नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र सल्ले रुकुम पश्चिमको आयोजना, मुसिकोट नगरपालिका र एन ए बिपि आईकेयर नर्वेको आर्थिक सहयोग तथा राप्ति आँखा अस्पताल तुलसीपुर दाङको प्राविधिक सहयोगमा निशुल्क आँखा अप्रेशन शिविर सञ्चालने भएको हो ।

शिविर आज र भोली अर्थात चैत्र २३ र २४ गते जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा सञ्चालन हुने आँखा उपचार केन्द्रका इन्चार्ज धन बहादुर केसीले बताउनुभएको छ । शिविरमा मोतिबिन्दु तथा सम्पुर्ण आँखाका समस्याहरुको चेकजाँच तथा निशुल्क उपचार गरिने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News